Sunday, July 5

समाचार

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

Posted in समाचार
२१ असार, काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए । सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भयो । ‘सोमबार नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याउन समझदारी बनेको छ,’ भन्सार प्रमुख खड्काले भने । सोमबार पहिलो चरणमा केही अघिदेखी नाकाको चीनतर्फ रोकिएका रेडिमेट गार्मेन्ट र स्याउहरु नेपाल भित्रिने उनले बताए । नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ । नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुने र त्यसकालागि १
१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ

१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ

Posted in समाचार
जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाकी १० वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थास्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई शुक्रवार नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि भन्दै थप १८ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार घटनास्थलमा ब्लाङ्केट पनि भेटिएको छ । बालिकाको पोस्टमार्टम रिपोर्ट अझै आइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या गर्नुपूर्व बलात्कार भएको हो या होइन भनेर पुष्टि गर्न सकिने बताए । घटनाको तीव्र अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । गत बुधवार बिहान ११ बजे भैंसी चराउन घरबाट निस्केकी १० वर्षीया बालिकाको शनिवार स्थानीय दुधमती नदी किन
डडेलधुरा अस्पतालमा जन्मियो अनौठो बच्चा, चिकित्सक भन्छन् ‘यो ८० हजारमा एउटा हुन्छ’

डडेलधुरा अस्पतालमा जन्मियो अनौठो बच्चा, चिकित्सक भन्छन् ‘यो ८० हजारमा एउटा हुन्छ’

Posted in समाचार
डोटी, २१ असार । नेपालमा निकै दुर्लभ अवस्थामा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । चिकित्सकहरुले यो अवस्था ८० हजारमा एउटा मात्र हुने बताएका छन् । डडेल्धुरा अस्पतालमा शुक्रवार एक महिलाले जुम्ल्याहा बच्चा जन्माउँदा यस्तो देखिएको हो । महिलाले पानीको फोका सहित बच्चा जन्माएकी हुन् । यो अवस्था ८० हजार प्रशुतिमा एक मात्र हुने चिकित्सकले बताएका छन् । उनले पहिलो बच्चालाई नर्मल अवस्थामा जन्माएको भएपनि दोस्रो बच्चा पानीको फोका भित्र नै थियो । शल्यकृया मार्फत भएको सुत्केरीमा यस्तो अवस्था देखिएको हो । यस्तो अवस्थालाई चिकित्सकिय भाषामा ‘इन काउल बर्थ’ भनिन्छ । विश्वमै यस्तो दुर्लभ अवस्था हुने र यस्तो अवस्थाको सुत्केरी गराउन पाएकोमा चिकित्सकले आफुलाई भाग्यमानी ठानेका छन् । अहिले सुत्केरी महिला र शिशुको अवस्था सामान्य रहेको चिकित्सकको भनाई छ । शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बो
बाग्लुङमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

बाग्लुङमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

Posted in समाचार
बागलुङमा एक युवकको मृत्यु भएको छ । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला–२ का २९ वर्षीय सुनिल विकको मृत्यु भएको हो । केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ । उनको पिसीआर रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बताइएको छ । नेपाली सेनाले उनको शव व्यवस्थापन गर्नेछ । भेडबाख्रा जस्तै गरी बस्नुपर्छ क्वारेन्टाइनमा बाग्लुङ्ग जिल्लाका विभिन्न क्वारेन्टाईनहरुमा सयौँ नागरिकहरु कष्टपूर्ण जीवन बिताएर बसिरहेका छन् । क्वारेन्टाईनमा १४ दिन बस्नै पर्ने र पीसीआर रिपोर्ट नेगेटिव आएमा घरमा जान दिईने, रिपोर
एउटा मोटरसाइकलले पाँच जनालाई ठक्कर दियो, १ जनाको घटनास्थलमै निधन

एउटा मोटरसाइकलले पाँच जनालाई ठक्कर दियो, १ जनाको घटनास्थलमै निधन

Posted in समाचार
सर्लाहीमा मोटरसाइकलले एकै साथ पाँच जनालाई ठक्कर दिदाँ एक जनाको निधन भएको छ। शनिबार राति पौने ८ बजे बरहथवा नगरपालिका-११ मा बाटोछेउ बसिरहेका पाँच जनालाई ना ५२ प ५६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा १४ वर्षीय जुगल मुखियाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यस्तै अन्य चार जना घाइतेसमेत भएका छन्। घाइतेहरू मध्ये ३ जनाको उपचारका एडभान्स सन्जिवनी अस्पताल बरहथवामा भइरहेको र एक जनाको स्थानीय मेडिकलमा भइरहेको बताइएको छ । घाइते हुनेमा बरहथवा नगरपालिका-११ का ३५ वर्षीय सुरेन्द्र महतो, ३५ वर्षीय शम्भु मुखिया, २२ वर्षीय श्रवण मुखिया र ३२ वर्षीय देवेन्द्र पासवान छन्। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
मलेरिया र एचआइभीको औषधि कोरोनाको उपचारमा प्रभावहिन, प्रयोग रोक्ने डब्ल्युएचओको निर्णय

मलेरिया र एचआइभीको औषधि कोरोनाको उपचारमा प्रभावहिन, प्रयोग रोक्ने डब्ल्युएचओको निर्णय

Posted in समाचार
काठमाडौं – कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिएको मलेरिया र एचआइभी एड्सको औषधि प्रभावहिन भएको छ । मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभी संक्रमितलाई प्रदान गरिने लोपिनएविर/रिटोनाविर औषधिको प्रयोगले संक्रमितको उपचारमा खास प्रभावकारिता नदेखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ती औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसबाट संक्रमित भएकालाई प्रदान गरिँदा त्यसले मृत्युदर रोक्न वा कम गर्न नसकेको डब्लुएचओले जनाएको छ । सोही कारण यी औषधिको प्रयोग कोभिड–१९ का बिरामीमा नगर्ने निर्णय गरिएको हो ।
ग्यारेजमा आगलागी हुँदा ८ माइक्रोबस जले

ग्यारेजमा आगलागी हुँदा ८ माइक्रोबस जले

Posted in समाचार
काठमाडौं- काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रो बसमा क्षति पुगेको छ । आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको हो । बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने बताए । तरपनि आगलागी कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका लागि अपराध महाशाखाको टोली पनि परिचालित भएको छ ।
काठमाण्डौंमा फेसवुक लाइभ गरेर एक युवतीले गरिन देहत्याग (भिडियो)

काठमाण्डौंमा फेसवुक लाइभ गरेर एक युवतीले गरिन देहत्याग (भिडियो)

Posted in भिडियो, समाचार
काठमाडौं । दागंमा एक युवतीले फेसवुक लाइभमै देहत्याग गरेको घटना सेलाउन नपाउँदै फेरी काठमाडौंमा त्यस्तै प्रकृतिको घटना भएको छ । काठमाडौं कारकेश्वर वासुकी नागटोल ९ मा फेरी त्यस्तै घटना भएको छ । उदयपुर घर भएकी सर्मिला मगरले फेसवुक लाइभ गर्दै देहत्याग गरेको घटना सार्वजनिक भएको छ । उनी राति करिब २ वजे फेसवुक लाइभ गर्दै देहत्याग गरेको हुन सक्ने छिमेकीले बताएका छन् । राती ९ वजेसम्म पनि सामान्य अवस्थामा देखिएकी उनी राती कोठामा एक्लै थिइन् । छिमेकी महिलाले भनिन्, हिँजो मैले दिनभर उनलाई मोवाइलमा विजी भएको देखेको थिए । कोठा भाडामा बस्नेहरु बताए अनुसार राती करिब १२ वजेतिर उनी पानी परेपछि कपडा उठाउन छतमा समेत पुगेकी थिइन् । तर विहान अवेर समेत उनको कोठा नखुलेपछि एउटै घरमा भाडामा बस्नेहरुले हेर्दा उनी मृत फेला परेकी थिइन् । छिमेकी र संगै कोठामा बस्नेहरुसंग उनले यस अघि मलाई त बाँच्न मन छैन भन्दै आएकी
कौडीको भाउमा चिया बेच्दा धुरुधुरु रुन मन लाग्छ : चिया किसान

कौडीको भाउमा चिया बेच्दा धुरुधुरु रुन मन लाग्छ : चिया किसान

Posted in समाचार
सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उहाँलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ । “खासमा दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ”, कटुवाल भन्नुहुन्छ, “घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दैछ । कहिलेचाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौँ ।” बन्दाबन्दीको समयमा पनि हरियो चियापत्तीको सोचेजस्तो मूल्य नपाएपछि डम्बर यतिबेला के गर्ने र कसो गर्ने अवस्थामा पुग्नुभएको छ । स्थानीय सूर्योदय नगरपालिका (सूनपा) ले पनि चियाको भाउ प्रतिकिलो रु ४० भन्दा कम नकिन्नु भनेर कार्ययोजना
उत्तर कोरियामा किम जोंग उन भगवान जस्तै हुन्, यस्तो छ यहाँको भित्री दुनियाँः पहिलोपटक दुई नागरिकको बयान

उत्तर कोरियामा किम जोंग उन भगवान जस्तै हुन्, यस्तो छ यहाँको भित्री दुनियाँः पहिलोपटक दुई नागरिकको बयान

Posted in समाचार
उत्तर कोरियामा गएर त्यहाँका नागरिकसँग कुरा गर्नु लगभग असम्भव छ । यदि कोही बाहिरका व्यक्ति उत्तर कोरिया जान्छ भने पुलिसले ती व्यक्तिमाथि कडा निगरानी राख्छ । त्यहाँका नागरिकलाई पनि बाहिरी दुनियाँसँग कुनै प्रकारको सम्पर्कबाट वञ्चित गरिन्छ । तर उत्तर कोरियाका दुई नागरिकले ह त्या वा कैदको खतरा हुँदाहुँदै पनि बीबीसीसँग कुराकानीका लागि तयार भए । यसै क्रममा उनीहरुले यो रहस्यमयी देशका केही यस्ता जानकारीको पर्दाफास गरेका छन् । उत्तर कोरियामा नेता किम जोंग उनलाई भगवानजस्तै मानिन्छ, त्यसकारण उनीमाथि प्रश्न उठाउने बारे कसैले सोच्नसमेत सक्दैनन् । किम जोंग उनलाई सबै कुरा थाहा हुन्छ र यदि त्यहाँका नागरिकलाई किमविरुद्ध विचार राख्ने कुनै पनि व्यक्ति, परिवारका सदस्य नै किन नहोस्, बारे थाहा भए यसबारे प्रशासनलाई जानकारी दिनुपर्छ भनी बारम्बार सिकाइन्छ । यस्तोमा किम जोंग उनको प्रशासन विरुद्ध बोल्ने हिम्मत