Sunday, July 5

स्वास्थ्य /जिबनशैली

मसल्स बढाउन बिहानै जीम गएरमात्रै पुग्दैन खानेकुरामा पनि ध्यान दिउँ

मसल्स बढाउन बिहानै जीम गएरमात्रै पुग्दैन खानेकुरामा पनि ध्यान दिउँ

Posted in स्वास्थ्य /जिबनशैली
सबै युवाको चाहाना आकर्षक ज्यान बनाउने हुन्छ । त्यसका लागि उनीहरुले धेरै मेहनत पनि गर्छन् । बिहानै उठेर दौडने । बिहानै जीम जाने, सामाजिक सञ्जालतमा आकर्षक शरीर बनाउने उपायका बारेमा राखिएका सामग्री हेर्न र जस्ताको तस्तै प्रयोग गर्ने । यतिले मात्र पुग्दैन शरीरको सेपलाई नयाँ पन दिन र राम्रो बनाउन व्यायामसँगै खानेकुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । यसबारे अनभिज्ञ भए अब थाहा पाउन जरुरी छ । यी खानेकुरा खाएमा मसल्स बढ्छ : बदाम–काजु–ओखर यदि तपाईं मसल्स बनाउन खोजिरहनुभएको छ भने नियमित रूपमा बदाम, काजु, ओखर आदि खान सक्नुहुन्छ । सँगै, ड्राइफुडको सहारा पनि लिन सक्नुहुन्छ । यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ । जसले मसल्स निर्माणमा मद्दत गर्छ । अन्डा अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ । विभिन्न अध्ययनले अन्डाम
यसरी लगाउनुहोस् कपालमा मेहन्दी

यसरी लगाउनुहोस् कपालमा मेहन्दी

Posted in स्वास्थ्य /जिबनशैली
हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् । तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ । आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जानकारी दिदैछौ । १. कपालमा मेहेन्दी लगाउनु अघि टाउकोलाई मज्जाले सैम्पुले धुनु पर्दछ । २. टाउको पखाल्दा सकेसम्म साबुनको प्रयोग गर्नुहुदैन । ३. सैम्पु गरिसकेपछि कपाललाई मज्जाले सुक्न दिनु पर्दछ । ४. त्यसपछि मेहन्दिका प्याकेटको निर्देशन अनुसार सफा कचौरामा मेहन्दी तयार पार्नुपर्दछ । ५. मेहन्दिको लेप बनाउन प्याकेटमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ । ६. त्यसपछि मेहन्दीलाई ब्रसले मजासँग फिट्नु पर्दछ । मेहेन्दी जति फिट्य
नियमित तातो पानी पिउनुहोस्, तपाईंलाई फाइदै फाइदा

नियमित तातो पानी पिउनुहोस्, तपाईंलाई फाइदै फाइदा

Posted in स्वास्थ्य /जिबनशैली
आजकल धेरै मानिस कम मात्रामा पानी पिउने गर्दछन् । एक त पानीको मात्रा कम त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा बिभिन्न प्रकारको समस्याहरु देखापर्दछ । अझ मौसमको परीवर्तन भएसंग कतिपयले चिसो पेय पिउन थालेका छन् । तर चिकित्सकका अनुसार चिसो भन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् : १. तातो पानीले शरीरको शुद्धिकरण गर्दछ । उमालेको पानी आफैमा शुद्ध हुने भएकाले यसले शरीर शुद्धिकरणमा सघाउ पुर्याउँछ । २. पाचन प्रणालीमा गडबडी हुनेहरुले दैनिक दुइ पटक तातो पानी पिउनाले पाचन प्रणालीमा स्वस्थ्य पार्नुका साथै नियमित गर्दछ । ३. बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, यसले पूरै रगत सफा पार्न मद्दत गर्छ । ४. कब्जियतबाट छुटकारा पाउन दिनहुँ बिहान तातो पानी पिउनु लाभदायक हुन्छ । ५.
कोरोनासँग लड्न खानुहोस् प्रतिरोधात्मक शक्ति बढाउने यी भिटामिन

कोरोनासँग लड्न खानुहोस् प्रतिरोधात्मक शक्ति बढाउने यी भिटामिन

Posted in स्वास्थ्य /जिबनशैली
कोरोना भाइरसको त्रास विश्वभर बढेपछि यसबाट कसरी बच्न सकिन्छ भनेर मानिसहरु अनेकौ उपायहरु गरिरहेका छन् । कोहि मास्क, साबुन, पञ्जा, स्यानिटाइजर लगायतका वस्तु जोहो गर्न लागि परेका छन् भने कोहि यसबाट बच्न सकिने अरु उपायहरु खोजिरहेका छन् । कोरोनाबाट बच्न घरभित्रै रहने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र हातले अनुहार नछुने सबैभन्दा राम्रो विकल्प हो । तर कोरोनको संक्रमणबात यस अलावा चिकित्सकहरु शरीरमा प्रतिरोधात्मक शक्ति बढाउने सुझाव दिन्छन् । पोषण तथा स्वास्थ्य विज्ञका अनुसार तीन प्रकारका भिटामिनले मानिसको शरीरमा प्रतिराधि क्षमताको विकास गर्छ । जसले संक्रमण हुनबाट बचाउँछ । १. भिटामिन सी चिकित्सकका अनुसार भिटामिन सीले इम्यून सिस्टमको विकास गर्दछ । अर्थात भिटामिन सीको अभाव भएमा शरीरमा कैयौं प्रकारको रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भिटामिन सी प्राप्त गर्न सुन्तला, मौसम
मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी

मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी

Posted in स्वास्थ्य /जिबनशैली
असारको दोश्रो साता मकै बाली भित्र्याउने बेला हो । यो सिजनमा पाकेका मकैलाई ढोड सहित वा घोगाँ भाचेर भित्र्याउने गरिन्छ । नेपालमा मकै धान र गहुँपछिको तेश्रो अन्नबाली हो । मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको भिटामिन पाइन्छ । मकैको सेवनले कोलेस्ट्रोलाई नियन्त्रण गर्दछ । मकै खाँदा तौल पनि नियन्त्रण हुन्छ । मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ । यसका अलावा मकै सेवनबाट निम्न फाइदा पाउन सकिन्छ । १. मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम गर्दछ । २. मकैको सेवनबाट फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । ३. मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार घटाँउछ । ४. मकैमा पाइने जिं
खाली पेटमा मन तातो पानी पिउँदाका फाइदै फाइदा

खाली पेटमा मन तातो पानी पिउँदाका फाइदै फाइदा

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं – सामान्यतयाः मानिसहरु विहान उठ्ने वित्तिकै कफि वा चियाबाट दिनको सुरुवात गर्छन । एक त ढिला उठ्ने त्यसमाथी खाली पेटमा नै चिया वा कफिको सेवन बिष सरह हुन सक्छ । ढिलो उठाई, कसरतरहित जीवन र अमिल्दो खानपान आयु घटाउने कारण पनि सक्छ । यो बेला तपाईले आफ्नो जीवन शैलीलाई बदल्न सके असामान्य फाइदा हासिल गर्न सक्नुहुन्छ । उमेर र तौल अनुसार दैनिक औषतमा ३ लिटर पानी पिउनु जरुरी छ । अझ बिहान उठ्ने वित्तिकै मन तातो पानीबाट सुरुवात गर्न सके तपाईको जीवन शैली नै पनि यसले परिवर्तन गरिदिन सक्छ । विभिन्न खोज तथा अध्ययनहरुलाई आधार बनाउँदै चिकित्सकहरुले खाली पेटमा मन तातो पानी पिउँदाका फाइदालाई निम्नानुसार सुझाएक छन : पाचन प्रणालीमा सुधार । दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ । अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ । मनतातो पानीले कपालको जरा ब
किसमिस पानीको पत्यारनै लाग्न नसक्ने लाभ, तपाईं पनि थाहा पाउनुहोस्

किसमिस पानीको पत्यारनै लाग्न नसक्ने लाभ, तपाईं पनि थाहा पाउनुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
मानिसहरु स्वास्थ्य रहन के सम्म गर्दैनन् । खानपानदेखि जीवनशैलीसम्म सुधारगर्न लागि पर्दछन् । तर शरीरलाई स्वास्थ्य राख्न अति उपयोगी हुने किसमिसका गुणका बारेमा सायदै धेरै कमलाई थाहा होला । किसमिसको स्वादमात्र होइन यसको प्रभाव र गुण पनि स्वास्थ्यका लागी लाभदायक हुन्छ । किसमिस मात्र होइन, यसको पानी पनि अत्यन्त लाभदायक मानिन्छ । किसमिसको पानीले हाम्रो शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित गर्दछ । कसरी तयार पार्ने किसमिस पानी स्वास्थ्यका लागी फाइदाजनक हुने किसमिसको पानी तयार पार्न एक मुठि किसमिसलाई रातभर पानीमा भिजाएर राख्नु पर्दछ । बिहान सोहि पानीमा भिजको किसमिसलाई मिचेर पिउनु पर्दछ । अथवा २० मिनेटसम्म मन्द आँचमा किसमिसलाई उमाल्नु पर्दछ । र त्यसलाई रातभर छाडेर भोलिपल्ट बिहान पिउनु पर्दछ । तर स्मरण रहोस्, गहिरो रंगको किसमिस मात्र छानेर खानु पर्दछ । सफा वा चम्किलो किसमिसमा रसाइनको प्रयोग
अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा

अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा

Posted in स्वास्थ्य /जिबनशैली
अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ । तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ । १. चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ । २. अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ । ३. अदुवा हालेको चियाले पिउँदा तनाव समेत कम हुन्छ । ४. अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ । ५. अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ । ६. कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन । ७. अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ । ८. अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बच
गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै हो, के के छन् त फाइदा

गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै हो, के के छन् त फाइदा

Posted in स्वास्थ्य /जिबनशैली
गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै छ । जो हामीलाई धेरै रोगहरुबाट मुक्त गर्छ । गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहन्छ भने शरीरमा शक्ति पनि बढ्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ ।गाईको घिउमा यस्ता कैयौं माइक्रोन्यूट्रिअन्ट्स हुन्छन्, जसमा क्यान्सरजस्ता रोगहरुसँग लड्ने क्षमता हुन्छ । वैज्ञानिकहरु गाईको घिउमा विषहरण गर्नसक्ने क्षमता भएको तत्व हुने बताउँछन् जसले क्यान्सर रोग लाग्नबाट समेत बचाउउँछ । त्यस्तै शरीरमा शक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ । माइग्रेन (टाउको दुख्ने) रोगका पीडितले यसको नियमित प्रयोग गर्नुपर्छ । साथै यसले रक्तचाप पनि कम गर्छ । यसमा स्थिर संतृप्त बान्डहरु अधिक हुनछन् र जसमा फ्रि रेडीकल्स निस्किने शंका अलि कम हुनछ । घीउाको फ्याक्टीक एसिडलाई शरीर समयमै पाचन गर्छ । जसले पाचन शक्ति स्थिर राख्न सहयोग गर्छ । त्यस्
ग्यास्ट्रिकले हैरान हुनुहुन्छ, यसरी गर्न सकिन्छ आयुर्वेदिक उपचार ?

ग्यास्ट्रिकले हैरान हुनुहुन्छ, यसरी गर्न सकिन्छ आयुर्वेदिक उपचार ?

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं– नेपालमा ग्यास्ट्रिकको कारण धेरै मानिसहरुमा पिडित बनेका छन् । ग्यास्ट्रिक नेपालीहरुको साझा रोगको रुपमा नै चिनिएको छ । ग्यास्ट्रिक नभएको परिवार नेपालमा सायदै होला । विशेषगरी स्वास्थ्यकर खानामा ध्यान नदिदा मानिसहरुमा ग्यास्ट्रिको समस्या बढ्दै गएको छ । पेट दुख्ने, पोल्न अम्लपित्त बढ्ने समस्या छ भने तपाईलाई ग्यास्ट्रिक भएको हुनसक्छ । आम नेपालीले ग्यास्ट्रिक भनेर बुझेपनि यो समस्यालाई चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिकको लक्षण यस्ता छन् छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु पेट पोल्नु भोक हराउनु अम्लपित बढ्नु मुख बिग्रिनु पेट भारी हुनु रिंगटा लाग्नु टाउको दुख्नु पेट फुल्नु यी बाहेक ग्यास्ट्रिकको समस्या भएका व्यक्तिहरुमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ(ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक