Sunday, July 5

रोनाल्डो पहिलो अर्बपति फुटबलर

April 11, 2020 92

एजेन्सी, २१ चैत । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पहिलो अर्बपति खेलाडी बनेका छन् ।

बिजनेस इन्साइडरका अनुसार इटालियन फुटबलर रोनाल्डो फुटबलतर्फ सबैभन्दा पहिले एक अर्ब डलर कमाउने खेलाडी बनेका हुन् ।

यता, खेल क्षेत्रमा भने उनी तेस्रो बनेका छन् । समग्र खेल क्षेत्रमा सर्वाधिक कमाउने खेलाडी टाइगर वूड हुन् । गोल्फ स्टार टाइगर विश्वकै सबैभन्दा पहिलो अर्बपति हुन् भने दोस्रो बक्सर फ्लोइड माइवेथर जेआर हुन् ।

युभेन्टसका फरवार्ड रोनाल्डोले सन् २०१९ मा १०० मिलियन युरो कमाएका थिए । २०१९ मा रोनाल्डोभन्दा मेस्सीले धेरै कमाएका थिए ।

तर, ३५ वर्षीय रोनाल्डोले यस वर्षसम्म आइपुग्दा एक बिलियन डलर कमाएका छन् ।

१८ सिजन व्यवसायिक फुटबल खेलेका उनी विश्वकै पहिलो अर्बपति खेलाडी बनेका हुन् ।

कोरोना भाइरसको प्रकोपका कारण युभेन्टसले रोनाल्डोसहित आफ्ना खेलाडीको तीन महिनाको तलब कटौती गरेको थियो ।

तर, उक्त कटौतीले पनि रोनाल्डोको आयक्षेत्रमा खासै प्रभाव नपरेको बिजनेस इन्साइडरले जनाएको छ ।

इन्साइडरका अनुसार अघिल्लो वर्ष टेनिस क्षेत्रबाट रोजर फेडेरर पहिलो अर्बपति बनेका थिए ।

प्रतिकृया दिनुहोस्