Sunday, July 5

घरका सबैलाई काममा पठाएर एक्लै बसेका श्रीमानलाई श्रीमतीले रंगेहात फेला पारेपछि…

May 15, 2020 213

काठमाडौं । के हुन्छ जब आफ्नै श्रीमानलाई अरु कसैसँग रमाइलो गरिरहेको अवस्थामा फेला पार्छिन ? यस्तै एक घटना अहिले बाहिर आएको छ । बा’लिकालाई क’रणी गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएको घटना सार्वजनिक भएको छ । एकाबिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए । सबै जना काममा व्यस्त रहे । तर, सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसेका थिए ।

घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बा’लिकालाई ललाईफकाई बिहान ८ बजेतिर आफ्नै घरमा बोलाएका थिए । प्रहरीका अनुसार बा’लिकालाई बोलाएपछि घरमा आइपुगेकी बा’लिकालाई लिम्बूले कोठाभित्र लगेर ढोका थुनेर क’रणी गर्न थालेका थिए । श्रीमान कोठामा बा’लिकामाथि क’रणी गर्दै थिए त्यत्तिकैमा उनकी पत्नी पनि घरमा आइपुगिन् ।

कोठाभित्र बा’लिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइन् । त्यसपछि उनी आफैंले छरछिमेकीलाई पनि खबर गरिन् । वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बा’लिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले क’रणी गरेको कुरा बताइन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बा’लिकालाई क’रणी गर्ने तोमकुमारलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीविरुद्ध जवरजस्ती क’रणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको छ ।

उहाँका अनुसार स्थानीय बासिन्दा भेला हुन थालेपछि घरबाट फरार भएका तोमकुमारलाई मिक्लाजुङको जंगलतर्फ भाग्दै गरेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको हो । भाग्ने क्रममा लडेर उनको टाउकोमा सामान्य चोट पनि लागेको छ । प्रारम्भिक अनुसन्धानबाट तोमकुमारले क’रणी गरेको खुलेको छ । यता, बा’लिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल पठाइएको छ ।

प्रतिकृया दिनुहोस्