Sunday, July 5

यिनै हुन् दादागिरी देखाउदै नेपाल प्रहरीको ला’ठि खोसेर आ’क्रमण गर्ने चिनियाँ नागरिक, प्रहरीले मुद्दा चलायो !

May 9, 2020 83

सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हा’तपा’त गर्ने चार चिनियाँ नागरिकलाई अ’भद्र व्य’वहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अ’भद्र व्य’वहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिनुभयो । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आ’क्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ । उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरूले प्रहरीको ला’ठी खोसेर प्रहरीलाई नै हि’र्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरूमाथि ला’ठी हा’नेको थियो ।

सोही क्रममा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित पाँच प्रहरी र छ चिनियाँ घाइते भएका थिए । पर्यटन राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका जनाइएको छ ।त्यस्तै चिनियाँ नागरिक र प्रहरीबिच झ’डप भएको घटनाबारे आफू जानकार रहेको नेपाल स्थित चिनियाँ दूतावासले जनाएको छ । नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल गरिरहेको नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार राति विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।प्रहरीमाथि आ’क्रमणमा उत्रिएका चार चिनियाँ नागरिकमाथि मुद्दा चलाउने तयारी भएपछि दूतावासले राति विज्ञप्ति जारी गरे घटनाबारे जानकार रहेको उल्लेख गरेको हो ।

नेपालमा रहेका चिनियाँहरुले यहाँको कानूनको पालना गर्नु पर्ने पक्षमा आफूहरु रहेको विज्ञप्तिमा उल्लेख छ । चीनले नेपालमा रहेका दुई सय भन्दा बढी आफ्ना नागरिकलाई बिहीबार स्वदेश लगेको थियो । तर जान नपाएकाहरुले चिनियाँ दूतावास र सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।दूतावासले घटनाबारे जानकार रहेको बताए पनि पक्राउ परेका चिनियाँ नागरिकबारे के गरिने छ भन्ने स्पष्ट पारेको छैन ।

प्रतिकृया दिनुहोस्